प्यूठान । प्यूठान उद्योग बाणिज्य संघले विभिन्न व्यक्तिहरुलाई आर्थिक सहायता उपलब्ध गराएको छ ।
प्यूठान नगरपालिका वडा नं. ४ र ७ सीमा क्षेत्रमा पर्ने गाँजुरीमा निर्माणाधिन सहिद पार्कमा कार्यरत कर्मचारी चित्रबहादुर केसीको परिवारलाई २५ हजार रुपैंया आर्थिक सहायता उपलब्ध गराएको छ । केसीको गत बैशाख ३१ गते पार्कमा रहेको वाटर फाउन्टेन सञ्चालन गर्ने क्रममा करेन्ट लागेर असामायिक निधन भएको थियो ।
त्यस्तै संघले आईतबार भिंगृ पुगेर व्यवसायी बालराम गोराथोकीलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । केहि दिन अघि अविरल वर्षाका कारण आएको बाढिले गोराथोकीको पसलमा क्षति पु¥याएको थियो । भल पसल भित्र छिर्दा किराना तथा खाद्यान्न सामाग्री भिजेर पूर्ण रुपमा नष्ट भएकोले आर्थिक सहयोग उपलब्ध गराएको संघका अध्यक्ष सन्देश आचार्यले जानकारी दिनुभयो ।
