प्यूठान, १२ असोज । माण्डवी गाउँपालिका अन्र्तगत रहेका २६ वटा सामुदायिक विद्यालयमा कम्प्युटर वितरण गरेको छ ।
बालबालिकाको गुणस्तरीय शिक्षामा जोड दिने उदेश्यले बालविकास केन्द्रलाई लक्षित गरि कम्प्युटर वितरण गरिएको गाउँपालिका अध्यक्ष श्रीधर रोकाले बताउनुभयो ।
शैक्षिक गुणस्तर बढाउनका लागि र बालबालिकाले सहज रुपमा ज्ञान हासिल गरुन भन्ने उदेश्यले कम्प्युटर वितरण गरिएको उहाँको भनाई छ । ‘बालबालिका रमाई रमाई बालविकास केन्द्रमा जाने र सिकाईको वातावरण निर्माणका लागि कम्प्युटर वितरण गरिएको हो,’ उहाँले भन्नुभयो, ‘सवै विद्यालयका प्रअलाई यसको कार्यान्वयनका विषयमा स्पष्ट पारेर कम्युटर हस्तान्तरण गरिएको छ ।’
सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने कार्यक्रम अन्र्तगत एउटा कार्यक्रम कम्प्युटर वितरण भएको उहाँले जानकारी दिनुभयो । कार्यक्रमका लागि ७ लाख ५० हजार रुपियाँ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।
