प्यूठान । प्यूठान जिल्लामा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी(सिडियो) महिला हुनुभएको छ । यहि चैत १८ गतेदेखि सुनिता नेपाल जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत हुनुहुन्छ ।
प्रमुख जिल्ला अधिकारी नेपालले आफूले राज्यको सेवा सुविधालाई जनतासम्म सहज रुपमा प्रदान गर्ने बताउनुभयो । उहाँले जिल्लाको समग्र शान्ति सुरक्षा लगायतका विषयमा सवै पक्षसँग समन्वय गरेर काम गर्ने बताउनुभयो ।
आज प्रमुख जिल्ला अधिकारी र जिल्लाका सञ्चारकर्मीबीच भएको भेटमा सहभागी सञ्चारकर्मीले जिल्लाको बस्तुस्थितीबारे जानकारी गराउँदै जनताको पक्षमा काम गर्न आग्रह गरेका छन् । उक्त अवसरमा नेपाल पत्रकार महासंघ प्यूठानले सिडियो नेपाललाई स्वागत गर्दै मिडिया डायरी प्रदान गरेको छ ।