> समाज > महाशिवरात्रीको पूर्व सन्ध्यामा प्रहरीद्धारा शिवालय मन्दीर सरसफाई


महाशिवरात्रीको पूर्व सन्ध्यामा प्रहरीद्धारा शिवालय मन्दीर सरसफाई

प्यूठान । महाशिवरात्रीको पूर्व सन्ध्यामा जिल्ला प्रहरी कार्यालय प्यूठानले खलंगामा रहेको शिवालय मन्दीर परिसर सरसफाई गरेको छ ।

 

मंगलबार विहान मन्दीर परिसर सरसफाई गरेको हो ।

 

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सरसफाई कार्यक्रम सम्पन्न गरेको प्रहरी निरिक्षक निरन्जन रिजालले जानकारी दिनुभयो । प्रहरी निरिक्षक रिजालको नेतृत्वको टोलीले मन्दीर परिसर सरसफाई गरेको हो ।

 

हिन्दु परम्परा अनुसार भगवान शिवको उत्पत्ति भएको रातलाई सम्झना गरेर फागुन कृष्ण चतुर्दशीका दिन महाशिवरात्री पर्व मनाईन्छ ।