> आर्थिक/बिकास > प्रदेश सरकारले कृषकलाई ब्याज अनुदान दिने


प्रदेश सरकारले कृषकलाई ब्याज अनुदान दिने

प्यूठान, २६ कात्तिक । लुम्बिनी प्रदेश सरकारले कृषकहरुलाई ब्याज अनुदान दिने भएको छ । चालु आर्थिक वर्षको बार्षिक स्विकृत कार्यक्रम अनुसार कृषकलाई शुलभ कर्जाको लागि सहजिकरण गर्ने र व्याज अनुदान दिन लागेको छ ।

शुलभ कर्जा सहजीकरण तथा ब्याज अनुदान कार्यक्रम संचालन कार्यविधि २०७६ अनुसार एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानमा हेल्प डेक्स स्थापना गरिएको कार्यालय प्रमुख डा. उत्तम आचार्यले जानकारी दिनुभयो । हेल्प डेक्समा कर्जा सहजकर्ता मार्फत कृषकहरुलाई शुलभ कर्जाको लागि सहजिकरण गरिने उहाँले जानकारी दिनुभयो ।

कृषकहरुलाई कागजपत्र बनाउन, बैंकबाट कर्जा लिन, प्रदेश सरकार मार्फत व्याज अनुदान लिन सहयोग पुग्नेछ । कृषकले भुक्तान गरेको व्याज रकम प्रदेश सरकारले कृषि विकास बैंक मार्फत व्याज रकम सोधभर्ना गर्नेछ । एक करोडसम्मको ऋण रकमको व्याज अनुदान पाउनेछन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लुम्बिनी प्रदेशका सबै जिल्लामा यो कार्यक्रम लागु गरेको छ ।
चालु आर्थिक वर्षदेखि शुरु भएको यस कार्यक्रमले कृषिमा आधुनिकिरण र व्यवसायीकरण गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ । उत्पादन र रोजगारीका अवसरहरु श्रृजना गर्दै प्रदेशको आर्थिक विकासमा योग्दान पुग्ने उद्देश्य सहित व्याज अनुदान दिन लागेको हो ।

शुलभ कर्जा सहजिकरण तथा व्याजमा अनुदान दिने प्रदेश सरकारको कार्यक्रम प्यूठानमा संचालन गर्ने बारे मंगलबार सरोकारवाला वीच अन्तरक्रिया गरिएको छ । एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयले जिल्लामा रहेका वित्तिय संस्था, विमा संस्था र संचारकर्मीहरु वीच छलफल गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *