प्यूठान । प्रहरीलाई पहिलो सूचना दिने भतिजा नाता पर्ने युवा नै दम्पत्तिको हत्यामा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ । शनिवार मृत अवस्थामा आफ्नै घरभित्र फेला परेका दम्पत्तिको विभत्स हत्या घटनामा संलग्नलाई प्रहरीले आईतबार साँझ सार्वजनिक गरेको छ ।
माण्डवी गाउँपालिका–२ रातापानीमा ६० वर्षिय रामबहादुर परियार र उनको श्रीमति ५६ वर्षिय हुकुमाको हत्यामा संलग्न भतिजा नाता पर्ने पंकज परियारलाई प्रहरीले हिरासतमा लिएको छ । ‘मिस्त्रीकाम गर्ने रामबहादुरका निर्माणका औजारहरु भएको ठाँऊबाट घन लिएर हत्या गरेको पाईएको छ ।’ ,जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरिक्षक दिनेश बस्यालले भन्नुभयो, ‘दम्पत्तिलाई पालैपालो तीन÷तीन पटक प्रहार गरेको अनुसन्धानबाट खुलेको छ ।’ विभत्स तरिकाले हत्या गर्ने पंकजले नै प्रहरीलाई पहिलो सूचना दिएका थिए ।
काका–काकी अवेरसम्म नउठेको भन्दै प्रहरीलाई खबर गर्ने भतिजाले नै हत्या गरेको प्यूठान प्रहरी प्रमुख बस्यालले बताउनुभयो । ‘प्रतिवादी पंकजलाई एउटा स्वास्नी पाउन नसकेको थारो भन्दै काकीले गालिगलोज गरे पछि मार्छु भन्ने निर्णय लिएको पाईयो ।’ ,प्रनाउ बस्यालले भन्नुभयो, ‘मुख्य कारण ईगो नै देखिन्छ भने अत्याधिक रक्सी सेवन पनि एक कारण हो ।’
प्रहरीलाई खबर दिनेदेखि अनुसन्धानसम्म सहयोग गर्ने व्यक्ति नै हत्यारा भएको पाईएको छ । शुक्रवार राती अन्दाजी साढे १० बजे दोश्रो तलाको झ्यालबाट प्रवेश गरी भ¥याङबाट भुईतलामा झरी निदाई रहेको भेटेपछि घन प्रयोग गरी विभत्स तरिकाले हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले घटना स्थल ५० मिटर टाढाबाट घटनामा प्रयोग भएको रक्ताम्मे अवस्थामा रहेको घन, मृतकहरुको रगत पुछेको व्लाङ्केट वरामत गरेको छ । साथै प्रतिवादीले घटनाका बखत लगाएको सुईटर, घटना पश्चात हुकुमाको पटुकीमा रहेको २२० रुपैंया साथमा लिई गएको र खर्च भई बाँकी रहेको २० रुपैंया बरामद गरेको छ ।
मृतकका चार छोरा रोजगारीको लागि भारत रहेको र तीन छोरी दाङ विवाह भई गएका छन् ।
