> समाज > सडकमा सवारी चहल पहल शुरु, मनपरी भाडा असुलेको गुनासो


सडकमा सवारी चहल पहल शुरु, मनपरी भाडा असुलेको गुनासो

प्यूठान, ९ साउन । लक डाउन खुलेसँगै जिल्लाका सडकहरुमा सवारी चहल पहल शुरु भएको छ । छोटो दुरीका सार्वजनिक यातायात र नीजि सवारीहरु गुड्न थालेपछि सडकमा चहलपहल बढेको हो ।

सार्वजनिक सवारी साधनहरुले मनपरी भाडा असुलेको यात्रुहरुले गुनासो गरेका छन् । स्वास्थ्य मापदण्ड अन्तरगत सुरक्षाका सामाग्री प्रयोग गर्दै भौतिक दुरी कायम गरी सवारी राख्नुपर्ने नियम भएपनि कार्यान्वयन नभएको यात्रुहरुको गुनासो छ ।

सरकारले भाडा ५० प्रतिशत भाडा वढाए पनि प्यूठानमा चल्ने गाडीहरुले शत प्रतिशत भाडा वढाएर असुल्ने गरेको प्यूठान नगरपालिका ४ निवासी सुमन सुवेदीले गुनासो गर्नुभयो । सम्वन्धित पक्षले अनुगमन बढाउनुपर्ने उहाँको माग छ ।

सार्वजनिक यातायातका साधनले यसअघि ५० रुपैंया भाडा लिने गरेको प्यूठान खलंगा–बाग्दुला सडक खण्डमा अहिले १ सय रुपैंया भाडा लिने गरेका छन् ।

सरकारी नियम कार्यान्वय गरेरै सवारी चलाउने निर्णय भएको स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि.ले जनाएको छ । भाडा मापदण्ड भन्दा बढि असुल गरेको गुनासो आफुहरुलाई नआएको यातायात प्रा.लि.का कार्यालय प्रमुख धनश्याम घर्तिले उल्लेख गर्नुभयो । सप्रमाण उजुरी आएमा तत्काल कार्वाही प्रक्रिया अघि बढाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अनुगमनलाई प्रभावकारी बनाउने प्यूठान प्रहरी प्रमुख डिएसपी नरेन्द्र कार्कीले बताउनुभयो ।

फोटो सामाजिक संजालबाट (पुरानो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *