> समाज > जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयले गठन गरेको उपभोक्ता समितिमाथी प्रश्न उठ्यो


जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयले गठन गरेको उपभोक्ता समितिमाथी प्रश्न उठ्यो

प्यूठान । जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयले वास्तविका उपभोक्तालाई नसमेटि उपभोक्ता समिति गठन गरि काम गर्न थालेको भन्दै उपभोक्ताले विरोध गरेका छन् ।

 

लुङ खोला अन्र्तगतको तटबन्ध कार्यका लागि गठन भएको समितिमा वास्तविक उपभोक्तालाइ समावेश नगरि बाहिरी व्यक्तिलाई समावेश गरिएको भन्दै उपभोक्ताहरुले समिति खारेज गर्न माग गर्दै डिभिजन कार्यालयमा निवेदन दिएका छन् ।

 

“नौबहिनी गाउँपालिका-६ स्थित लुङखोलाको तटबन्ध गर्नका लागि वास्तविक किसानलाई खवरै नगरी समिति गठन गरिएछ,” राम पहाडीले भन्नुभयो, “सिंगो समितिमा २ जना मात्र वास्तविक उपभोक्ता छन् ।” उहाँले उक्त कार्य गलत मनसायबाट भएको भन्दै समिति खारेज गर्नुपर्ने बताउनुभयो । उक्त समितिबाट काम अघि बढाउन खोजिए अवरोध हुने भन्दै टेण्डर प्रक्रियाबाट काम थाल्न डिभिजन कार्यालयलाई आग्रह गर्नुभएको छ ।

 

“हामी उपभोक्ताहरुको भेलाले समिति खारेज गर्न र टेण्डरबाट काम अघि बढाउन आग्रह गर्ने निणर्य पनि गरेका छौं ।” उहाँले भन्नुभयो । डिभिजन कार्यालयले अत्यावश्यक ठाउँमा तटबन्ध गर्नुपर्ने भएपनि त्यसलाई महत्व नदिएको स्थानीयको भनाई छ ।

लुङ खोलाको तटबन्धका लागि प्रदेश सरकारबाट ७० लाख र संघीय सरकारबाट ५० लाख बजेट विनियोजन भएको छ । प्रदेश सरकारको बजेटको कार्यक्रम अन्र्तगत गठित उपभोक्ता समितिको विषयमा विवाद सृजना भएको हो ।

 

कार्यालय प्रमुख दामोदर सापकोटाले उक्त उपभोक्ता समिति वडाबाट गठन भइ सिफारिस भएर कार्यालयमा आएको जानकारी दिनुभयो । उहाँले उक्त समितिसँग कार्यालयले सम्झौता समेत गरिसकेको जानकारी दिनुभयो । वास्तविक उपभोक्ता नपरेको विषयमा जानकारी आएकाले त्यस विषयमा थप छलफल गरिने उहाँले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *