> राजनीति > यी हुन् एमाले प्यूठानका पालिका कमाण्डर


यी हुन् एमाले प्यूठानका पालिका कमाण्डर

प्यूठान । नेकपा (एमाले) प्यूठानले पालिका र वडा कमिटीका अधिवेशनहरु संचालन गरिरहेको छ । ८ वटा पालिका र ५१ वटा वडा अधिवेशन सम्पन्न भएको एमाले प्यूठानले जनाएको छ ।

 

गत चैत्रमा सम्पन्न अधिवेशनले प्यूठान नगरपालिकाको अध्यक्षमा गिरुप्रसाद भण्डारी, मंसिर ८ गते भएको झिमरुक अधिवेशनले पदम खड्का, मंसिर १० गते भएको सरुमारानी अधिवेशनले बसन्त जि.सी., मंसिर १२ गते भएको माण्डवी अधिवेशनले हेमराज अधिकारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

 

त्यस्तै मंसिर १३ गते भएको गौमुखी अधिवेशनले जुमानसिंह जि.सी. मंसिर १४ गते भएको अधिवेशनले मल्लरानी गाउँपालिकाको अध्यक्षमा नोमराज पौडेल र नौबहिनी गाउँपालिकाको अध्यक्षमा शेरबहादुर सेन, मंसिर १५ गते भएको स्वर्गद्धारी नगरपालिकाको अधिवेशनले भरत राउतलाई अध्यक्षमा चयन गरेको छ ।

 

सवै वडा र पालिकाको दोश्रो अधिवेशनहरुबाट सर्वसम्मतले नेतृत्व चयन गरेको पार्टी जिल्ला अध्यक्ष विजयविराज विष्टले जानकारी दिनुभयो ।

 

ऐरावती गाउँपालिका र १३ वटा वडाको अधिवेशन मंसिर भित्र सम्पन्न गर्ने एमालेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *