प्यूठान । माण्डवी गाउँपालिकामा गठबन्धनका दल र विप्लव सहितको चुनावी तालमेल भएको छ । दलहरुबीच पदको बाँडफाँड सहित चुनावी तालमेल गर्ने लिखित सहमति भएको हो ।
बाँडफाँड अनुसार नेकपा माओवादीले अध्यक्ष, नेपाली कांग्रेसले उपाध्यक्ष पाउनेछन् । विप्लव नेतृत्वको नेकपाले १ र ४ नम्वर वडा, नेपाली कांग्रेसले २ नम्वर वडा, नेकपा माओवादी केन्द्रले ३ नम्वर वडा र राष्ट्रिय जनमोर्चाले ५ नम्वर वडा पाउने गरि सहमति भएको छ ।