> आर्थिक > एकीकृत कृषि कार्यालय प्यूठानको आ.व. २०८१/०८२ को वार्षिक कार्यक्रम सार्बजनिक


एकीकृत कृषि कार्यालय प्यूठानको आ.व. २०८१/०८२ को वार्षिक कार्यक्रम सार्बजनिक

प्यूठान । एकीकृत कृषि तथा पशुपन्क्षी विकास कार्यालय प्यूठानले आ.व. २०८१/०८२ को वार्षिक स्विकृत कार्यक्रम सार्बजनिक गरेको छ । मंगलबार सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम सार्बजनिक गरेको हो ।

 

कृषि तथा पशु उत्पादन, बजारिकरण, नियमन, प्रबिधी, प्रचार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (संघीय ससर्त अनुदान), कृषि तथा पशुसेवा बिभाग (ससर्त अनुदान) अन्तरगत ६ करोड ३७ लाख ९२ हजार वार्षिक बजेट अन्तरगत गतिविधिहरु संचालन हुने कार्यालय प्रमुख उमेशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

 

यस बर्ष किसानसंग प्रत्यक्ष भेट गर्ने नया गतिविधि संचालन हुनेछ । किसानसंग भेट गरि समस्या बारे बुझ्न गतिविधिले सहयोग पुर्याउने उहाले बताउनुभयो ।

 

 

कृषि तर्फ तरकारी, फलफूल, आलु, सुन्तला खेती प्रबर्द्धन र रैथाने वाली संरक्षण संरक्षण कार्यक्रममा संचालन हुनेछ । पशुसेवा तर्फ बाख्रा, बाङ्गुरपालन प्रबर्द्धन, बाझोपन निवारण, नियमित खोप, बन्ध्याकरण सेवा, पशुपन्क्षी उपचार तथा पशुस्वास्थ्य शिबिर, कृतिम गर्भाधान कार्यक्रम संचालन हुनेछ ।

 

सार्बजनिकिकरण कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तुल्सीराम शर्मा, धनलक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख धरम जिसि, उपप्रमुख दुर्गा रेग्मी, मल्लरानी गाउपालिकाका उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, सरकारी कार्यालयका प्रमुख, पालिकाका प्रतिनिधि, कृषि तथा पशुपन्क्षी बिकाससङ्ग सरोकार राख्ने समुह, सहकारी, फर्म तथा अगुवा कृषकहरुको सहभागीता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *