झिमरुक । प्युठानको झिमरुक गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तरगत जेष्ठ नागरिकलाई कम्बल र गल्बन्दी वितरण गरेर सम्मान गरेको छ।
झिमरुक गाउँपालिका वडा नम्बर ६, भित्रका ८० वर्ष माथिका २२ जना जेष्ठ नागरिकलाई ओढ्ने कम्बल र लगाउने गलबन्दी वितरण गरेको हो ।
हिउँदे जाँडो छल्न जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको वडा अध्यक्ष धन बहादुर पुनले बताउनुभयो । झिमरुक गाउँपालिका वडा नम्बर ६ ले बिहिवार वडाबाटै जेष्ठ नागरिकले चिसोमा न्यानो कम्बल र गल्बन्दी पाएपछि खुशी भएका छन् ।
वडा कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ९० हजार बराबरको रकमबाट २२ जना जेष्ठ नागरिकहरुलाई एक एक थान न्यानो कम्बल र गलबन्दी वितरण गरिएको छ ।
वडा कार्यालयले बिहिवार वडा कार्यालय नेटामा एक कार्यक्रमको आयोजना गरि वडामा जेष्ठ नागरिकलाई कम्बल प्रदान गरेको थियो । वडामा रहेका विपन्न जेष्ठ नागरिकहरुलाई चिसोबाट बच्न न्यानो कम्बल वितरण गरिएको वडा अध्यक्ष धन बहादुर पुन जानकारी दिनुभयो ।