> राष्ट्रिय > उस्तै छ प्यूठानमा आत्महत्याका घटना, २२ जना बालबालिका मात्रै


उस्तै छ प्यूठानमा आत्महत्याका घटना, २२ जना बालबालिका मात्रै

प्यूठान । अत्याधिक आत्महत्याका घटना हुने प्यूठानमा यस वर्ष पनि कम आउन सकेन । २०८० साउनदेखि २०८१ असारसम्म जिल्लामा ७९ जनाले आत्महत्या गरेका छन् ।

 

 

झुण्डीएर ७८ जनार १ जनाले विषय सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा छ । यसमध्ये १८ वर्ष मुनिका १७ बालिका र ५ बालक गरी २२ जना बालबालिका रहेका छन् ।  १० वर्षभन्दा मुनिका ३, १० देखि १५ वर्षका १०, १५ देखि १८ वर्षका ९ जना रहेका छन् । आत्महत्या गर्ने २२ जना बालबालिका मध्ये १२ जनाका अभिाभावक वैदेशिक रोजगारीमा रहेको र २० जनाका अभिभावकले मादक पदार्थ सेवन गर्ने गरेको तथ्यांकले देखाउने जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरिक्षक इश्वर थापाले जानकारी दिनुभयो ।

उमेर समुह अनुसार हेर्दा १८ देखि ४० वर्ष उमेर समुहका १७ महिला र १७ पुरुष गरी ३४ जना, ४१ देखि ६० वर्षका १४ पुरुष र ९ महिला गरी २३ जना र ६१ वर्ष माथिका २ महिला र २ पुरुष गरी ४ जना रहेका छन् ।

सवैभन्दा धेरै प्यूठान नगरपालिकामा २३ जनाले आत्महत्या गरेका छन् । झिमरुक गाउँपालिकामा १२, स्वर्गद्वारी नगरपालिकामा १०, नौबहनिी गाउँपालिकामा ८, गौमुखी गाउँपालिकामा ७, मल्लरानी गाउँपालिकामा ६, माण्डवी गाउँपालिकामा ५, ऐरावती र सरुमारानी गाउँपालिकामा ४÷४ जनाले यस अवधिमा आत्महत्या गरेका छन् ।

जिल्लामा गत आर्थिक वर्ष २०७९/८० मा ७४, २०७८/७९ मा ६८ र २०७७/७८ मा १११ जनाले आत्महत्या गरेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *