> राष्ट्रिय > आज संसदमा नयाँ बजेट पेश हुँदै


आज संसदमा नयाँ बजेट पेश हुँदै

प्यूठान, १५ जेठ ।
आज संघीय संसद्का दुवै संयुक्त सदनमा अर्थमन्त्री डा.युवराज खतिवडाले नयाँ बजेट पेस गर्दै हुनुहुन्छ । आर्थिक वर्ष २०७७÷०७८ को लागि १६ खर्ब ९३ अर्ब रुपैंया हारहारीको बजेट निर्माण गर्ने बताइएको छ ।

आज प्रकाशित पत्रपत्रिकाका समाचार अनुसार २ खर्ब २५ अर्ब रुपैंया आन्तरिक ऋण उठाउने तयारी सहित बजेट ल्याउन लागिएको हो ।

कोरोना प्रभावित भएका उद्योग, व्यवसाय र श्रमिक लगायतका क्षेत्रलाई राहत समेत उपलब्ध गराउने गरी बजेट ल्याइनेछ । कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार लगायत स्वास्थ्य पूर्वाधार निर्माणमा बजेटले प्राथमिकता दिनेछ ।

यसैगरी, कृषि प्रणालीको आधुनिकीकरण, व्यवसायीकरण, औद्योगिकीकरण र रूपान्तरणमा पनि प्राथमिकता दिनुपर्नेमा जोड दिइनेछ ।
उत्पादनशील रोजगारी र श्रम व्यवस्थापन, साना, घरेलु, मझौला र ठूला उद्योग व्यवसाय पुनस्र्थापना र प्रवद्र्धन बजेटको प्राथमिकतामा पर्नेछ् । करको दर बढाइने र ११ खर्ब राजस्व परिचालनको लक्ष्य लिने गरी बजेट ल्याइने अर्थ मन्त्रालय स्रोतले बतायो । तर, चालू आवको १० महिनाको अवधिमा राजस्व ६ खर्ब ६० अर्ब रुपैयाँ मात्रा उठेको छ । चालू वर्ष ११ खर्ब ७० अर्ब राजस्व उठाउने लक्ष्य थियो ।

यसैगरी, आगामी बजेटमा सबै नागरिकलाई साक्षर बनाउने अभियानलाई प्राथमिकतामा राखिने भएको छ । गुणस्तरीय र जीवन उपयोगी शिक्षाको अवसर सुनिश्चित गरी उत्पादक नागरिक तयार गर्ने सरकारको योजना छ । यसकालाई आधारभूत तथा माध्यमिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै माध्यमिक तहमा प्राविधिक तथा व्यावसायिक शिक्षालाई जोड दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!