स्वर्गद्धारी नगर बजार क्षेत्रको १६ औं साधारण सभा पशुपति श्रेष्ठको अध्यक्षता, नगरपालिका प्रमुख टेकप्रसाद भण्डारीको प्रमुख आतिथ्यता र संघका महासचिव सन्देश आचार्यको विशेष आतिथ्यतामा जलुकेमा समपन्न भएको छ ।
नौबहिनी बजार क्षेत्रको १६ औं साधारण सभा विष्णु केसीको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष विष्णा थापाको प्रमुख अतिथ्यता र संघका उपाध्यक्ष दधिराम भण्डारीको विशेष आतिथ्यतामा सम्पन्न भएको छ ।
झिमरुक बजार क्षेत्रको १६ औं साधारण सभा बोधिराम पोख्रेलको अध्यक्षतामा गाउँपालिका अध्यक्ष पीतबहादुर महतराको प्रमुख आतिथ्यता र संघका उपमहासचिव गोविन्दराज पोख्रेलको विशेष आतिथ्यतामा मच्छीमा सम्पन्न भएको छ ।
शुक्रवार मल्लरानी बजार क्षेत्रको १६ औं साधारण सभा बजार क्षेत्रका अध्यक्ष बासु श्रेष्ठको अध्यक्षता, गाउँपालिका अध्यक्ष कृष्ण खड्काको प्रमुख आतिथ्यता र संघका पूर्व अध्यक्ष इमानसिंह भारतीको विशेष आतिथ्यतामा सम्पन्न भएको छ । साधारण सभाले नयाँ वर्ष २०८१ को अवसरमा दोश्रो मल्लरानी पूmड फेस्टिवल संचालन गर्ने निर्णय गरेको छ । त्यस्तै गाउँपालिकाको सहकार्यमा सीप विकास सम्वन्धी उद्यमशिलता तालिम संचालन गर्ने निर्णय गरेको छ ।
ऐरावती बजार क्षेत्रका कार्यवाहक अध्यक्ष नुमप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभाले अनधिकृत घुमन्ते व्यापारीहरुलाई गाउँपालिकाले कार्यविधि बनाई कानुनको दायरामा ल्याउनुपर्ने सुझाव दिएका थिए ।
गौमुखी बजार क्षेत्रको नवौं औं साधारण सभा बजार क्षेत्रका अध्यक्ष जनक केसीको अध्यक्षता र संघका महासचिव सन्देश आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सभाले कमसल मदीराहरुको उत्पादन नै रोक्नुपर्ने सुझाव दिएको छ । करको दायरा भित्र रहे पनि त्यस्ता मदीरा विक्रिले मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने भएकाले यसको उत्पादन नै वन्द हुनुपर्ने व्यवसायीहरुको धारणा थियो । साथै साधारण सभाको अवसरमा कर शिक्षा कार्यक्रम समेत संचालन गरिएको छ । व्यवसाय दर्ता, नविकरण, आय कर दाखिला, खरिद विक्रि खाता व्यवस्थापन, अन्त शुल्क, मुल्य अभिबृद्धि कर तथा मिस म्याचको विषयमा करदाता सेवा कार्यालय चकचके प्यूठानका कार्यालय प्रमुख उपेन्द्र पुनले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको संचालन संघका कार्यकारि निर्देशक प्रकाश खनालले गर्नुभएको थियो ।
माण्डवी बजार क्षेत्रको बार्षिक साधारण सभा सम्पन्न भएको छ । बजार क्षेत्रका अध्यक्ष बसन्त कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीको प्रमुख आतिथ्यता र संघका बरिष्ठ उपाध्यक्ष प्रमोद पोख्रेलको विशेष आतिथ्यतामा देविस्थानमा सम्पन्न भएको छ ।
आगामी बुधवार भित्र सरुमारानी बजार क्षेत्रको साधारण सभा भएसँगै सबै बजार क्षेत्रको साधारण सभा सम्पन्न हुने छन् ।
प्यूठान उद्योग बाणिज्य संघको २६ औं बार्षिक साधारण सभा चैत्र ३ गते जुम्रिमा हुने संघले जनाएको छ ।