प्युठान । भालुवाङ-प्युठान सडक खण्ड अन्र्तगत बागासोती नजिकै मोटरसाईकल दुर्घटना हुँदा २ जना घाईते भएका छन् । रा २ प ९१४० नम्वरको मोटरसाईकल दुर्घटनामा नौबहिनी गाउँपालिका-७ बास्कोटका सन्तोष परियार र सुमित्रा परियार घाईते हुनुभएको छ ।
दुर्घटनामा घाईते भएका दुवैको भालुवाङमा उपचार भैरहेको छ । घाईतेलाई गौमुखी गाउँपालिकाको गाडीले उद्धार गरेर अस्पताल पुर्याएको पत्रकार जोगिन्द मल्लले जानकारी दिनुभयो ।
