प्युठान, २० वैशाख।
उत्तर कोरियाका रास्ट्रपति किम जोङ्ग उन एक कार्यक्रममा देखा पर्नुभएको छ । विभिन्न अनुमानका समाचार आइरहेका बेला उहा २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिनु भएको हो । उहाको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेको बेला किम जोङ्ग एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी भएको तस्बिर सार्बजनिक भएको छ ।
रिबन काटेर सो कारखाना उदघाटन गरेको तस्वीर उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले सार्वजनिक गरेको हो ।
एजेन्सीका अनुसार उहा सार्वजनिक हुँदा कार्यक्रममा सहभागीहरुले ताली बजार स्वागत गरेका थिए । बहिनी किम यो जोङ्ग र सरकारका वरिष्ठ अधिकारीहरुसँगै किम कार्यक्रममा सहभागी थिए ।
१२ अप्रिलमा सार्वजनिक कार्यक्रममा देखिएका उहाँ लामो समय नदेखिएपछि बिभिन्न अड्कलबाजीका समाचारहरु सार्वजनिक भएका थिए ।

