प्यूठान । प्यूठान उद्योग वाणिज्य संघको बजार इलाका अधिवेशन शुरु भएको छ ।
शनिबार सरुमारानी बजार क्षेत्रबाट अधिवेशन शुरु भएको हो ।

सरुमारानी बजार क्षेत्रको अध्यक्षमा योगेश सारु सर्वसम्मत निर्वाचित हुनुभएको छ । उपाध्यक्ष नमराज राना, सचिव किसान सारुमगर, कोषाध्यक्ष भरत एमसी, सह सचिव पुष्पराज न्यौपाने, सदस्यमा बलिराम सुनार, अतिउल्लाह हलुवाई, सरिता सोमै निर्वाचित हुनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथी प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिले जिल्ला संघलाई सर्वसम्मत बनाउन पहल थालिएको बताउनुभयो । उहाँले सवै इलाका र जिल्लामा सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा जोड दिनुभयो ।





