> राजनीति > बम विस्फोट : दोषीलाई कारबाही गर्न माग


बम विस्फोट : दोषीलाई कारबाही गर्न माग

प्यूठान, १९ बैशाख ।

रोल्पामा हिजो भएको बम विस्फोटमा चार बालबालिकाको मृत्युको घटनाको अनुसन्धान गरि दोषीलाई कारबाही गर्नुपर्ने नेपाली कांग्रेसले जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गरि सशस्त्र द्वन्द्वको घाउमा खाटा बस्न बाँकी रहेको बेला यस्तो घटना देखिनु अत्यन्तै दुःखद र गम्भीर भएको बताउनुभएको छ ।

त्यसैगरी राष्ट्रिय जनमोर्चाले द्धन्द्धकालका विस्फोटक पदार्थको छानवीन गरी अवैध सामाग्री हटाउन माग गरेको छ । सरकार र सम्वन्धित राजनीतिक समुहले ध्यान नदिदा त्यस प्रकारको घटना भएको जनमोर्चाका प्रवक्त एवं सांसद दुर्गा पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!