> राष्ट्रिय > प्यूठानमा सुचनाको हकको उपयोग हुन सकेन


प्यूठानमा सुचनाको हकको उपयोग हुन सकेन

प्यूठान, १२ असोज । प्यूठान जिल्लामा सुचनाको हकको उपयोग जति हुनु पर्ने त्यति हुन नसकेको पत्रकार महाँसंघ जिल्ला साखा प्यूठानको अध्यक्ष महाबिर रानाले बताउनु भएको छ । स्वत रुपमा जनतालाई दिनु पर्ने सुचनाहरु समेत सरकारी कार्यालय तथा संघसस्थाहरुले प्रकाशन प्रसारण नगरेको रानाको भनाई छ ।

जनताले स्वत रुपमा प्राप्त गर्नुपर्ने सुचनाहरु समेत माग नगरेकोले समेत सुचनाको हकको प्रवर्धन प्रचलन सन्तोषजनक नरहेको अध्यक्ष रानाको बुझाई छ । यस बिषयमा जिम्मेवा निकाय तथा नागरिक दुबै सजग हुन अध्यक्ष रानाले आग्रह गर्नु भएको छ ।
त्यस्तै जिल्लामा स्थानिय तहमा भईरहेका कामहरु तथा सेवा सुविधाको बारेमा जानकारी लिनको लागी सुचनाको हकको प्रयोग नगरेको स्थानियतहका सुचना अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानियतह सन्चालन भएदेखि मुस्किलले २÷४ वटा मात्रै सुचना माग गरेको निवेदन आएको प्यूठान नगरपालिकाका सुचना अधिकारी आशिष पोख्रेलले जानकारी दिनुभएको छ । पालिककाको वेवसाइटमा सबै खाले सुचना तथा जानकारीहरु राख्ने भएकोले सुचनाहरु माग्न नआएको हुन सक्ने उहाँको भनाई छ ।

मल्लरानी गाउँपालिकामा अहिले सम्म सुचना माग्नको लागी जम्मा दुई वटा निवेदन आएको सुचना अधिकारी सुरेश पोख्रेलले जानकारी दिनुभएको छ । फोन गरेर तथा मौखिक रुपमा सुचना माग्नेहरु अलि बढि भएपनि निवेदननै दिएर सुचना माग्न नआएको पोख्रेलले जानकारी दिनुभएको छ ।

प्यूठानको अन्य स्थानिय तहमा समेत सुचना माग्नकै लागि निवेदन खासै परेको छैन सरुमारानी गाउँपालिकामा यो आर्थिक बर्षमा जम्मा एउटा मात्र निवेदन आएको सुचना अधिकारी लक्ष्मण आचार्यले जानकारी दिनुभएको छ । दुर्गम क्षेत्रका बासिन्दालाई यसबारे जानकारी नभएर निवेदन नपरेको हुनसक्ने उहाँको बुझाई छ ।

जिल्लाको अन्य स्थानियतह झिमरुक गाउँपालिका, नौबहिनी गाउँपालिका लगायत अन्य स्थानियतहमा समेत निवेदनहरु खासै आएका छैनन । निवेदनहरु नआएपनि मौखिक रुपमा आएको मागलाई सम्वोधन गरेको सुचना अधिकारीहरुले जानकारी दिएका छन् । रेडियोमा सुचना बजाएर वेवसाइटमा राखेर तथा पुस्तकहरु निकालेर सुचना प्रदान गर्ने गरेको सुचना अधिकारीहरुको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *