> समाज > आज फुलपाती, बडादशैंको सातौं दिन


आज फुलपाती, बडादशैंको सातौं दिन

प्यूठान, ७ कात्तिक । आज फुलपाती, बडादशैंको सातौं दिन । सप्तमी तिथिमा पर्ने यस दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन पनि हो ।

घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई आज दशैंघरमा भित्र्याईन्छ । कालरात्री देवीको पूजा अर्चना गरिनुका साथै नेपालीका घरघरमा फुलपाती भित्र्याईन्छ ।

दसैंघरमा उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, अशोक, बेल, मानक, कर्चुर, धानको बोट, जयन्ती, धानको बाला, अशोकको पात, अदुवाको बोट र नयाँ फलफुलका पालुवालाई शुभ साईतका रुपमा फुलपाती मानेर भित्र्याईन्छ ।

प्यूठानका विभिन्न मठ मन्दिरमा दर्शनार्थी पुगेर पुजाआज गर्ने गरेका छन् । कोरोना महामारीका कारण जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालयले बढी भीडभाड नगर्न, भौतिक दुरी कायम गर्न, स्वास्थ्य मापदण्ड अनुसार सतर्कता अपनाउन अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *