समाज

प्युठान कारागारमा पुस्तक अभियान चलाउँदै सांसद गिरी

प्युठान । लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीले प्युठान कारागारमा रहेका कैदीबन्दीलाई पुस्तक पढ्ने वातावरण बनाउन अभियान थाल्नुभएको छ । “कारागारमा पुस्तक अभियान” मार्फत गिरीले अहिले विभिन्न सहयोगीबाट पुस्तक संकलन गरिरहनुभएको छ ।

 

 

“म वैतनिक वकिल हुँदा कारागारमा केहि पुस्तक दिएको थिए,” उहाँले भन्नुभयो,“धेरै खुशी हुनुभएको थियो त्यतिबेलादेखी अलि धेरै किताव दिन पाए हुन्थ्यो भन्ने मेरो मनमा थियो तर वातावरण बनेको थिएन ।” उहाँले आफ्नो जन्मदिनको अवसरमा यो अभियान शुरु गर्नुभएको हो ।

 

 

अभियानलाई अघि बढाउन खलंगा सरोकार समुहले समन्वय गरेको उहाँले बताउनुभयो । अहिले करीव १ सय वटा किताव संकलन भइसकेको छ । “थुप्रै मानिसले किताव दिन्छौं भनेर भन्नुभएको छ,” उहाँले भन्नुभयो, “२ सय किताव भएपछि हामी कारागारमा दिन्छौं ।”
कारागार प्रमुख सुर्य पन्तसँग छलफल गरी पुस्तकालयलाई व्यवस्थित रुपमा सञ्चालन गर्न लागिएको सांसद गिरीले बताउनुभयो । पुस्तकालय कारागारमा नभएकाले राम्रो र्याक बनाउने कुरा भएको उहाँले बताउनुभयो ।

 

 

यो अभियानमा अरु व्यक्तिहरुले समेत पुस्तक दिन चासो दिएको सांसद गिरीले बताउनुभयो । अभियानलाई प्रदेशका १२ वटै जिल्लामा रहेका कारागारमा पुस्तकालय बनाउने गरि अघि बढाउने सोंचमा रहेको समेत उहाँले बताउनुभयो ।

Related Articles

Back to top button