> समाज > क्रिकेट खेलको विकास गर्न समर्थक समाज प्यूठानको आग्रह


क्रिकेट खेलको विकास गर्न समर्थक समाज प्यूठानको आग्रह

प्यूठान, १८ साउन । नेपाली क्रिकेट सर्मथक समाज प्यूठान शाखाले क्रिकेट खेलको विकास गर्न स्थानिय जनप्रतिनिधिसँग माग गरेका छन् ।

शनिवार समाजका पदाधिकारी र जनप्रतिनिधिहरुले प्रस्तावित लालिगुरास रंगशाला दिहाल्नाचौरको संयुक्त अवलोकन गरेका छन् ।

पछिल्लो समय क्रिकेटप्रति युवाहरुको चासो र रुचि वढ्दै गएकोले खेलको विकास गर्न जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराइएको समर्थक समाज प्यूठान शाखाका संयोजक रिखिराम जि.सीले जानकारी दिनुभयो ।

खेल क्षेत्रको विकासका लागि सहयोग गर्ने झिमरुक गाउँपालिका ८ का वडा अध्यक्ष तुलस वस्नेतले बताउनुभयो ।

स्थानीय, प्रदेश र संघिय सरकारको सहयोग र खेल क्षेत्रसँग सम्वन्धीत संघसंस्थाहरुको संयुक्त पहलमा खेलकुद विकास गर्नुपर्ने मदन भण्डारी स्पोर्टस् एकेडेमी प्यूठान प्रतिनिधि मदन मगरले वताउनुभयो ।

खेलकुदको विकासका लागि दिहाल्नाचौर उपयुक्त बन्न सक्ने भएकाले यसलाई रंगशालाको रुपमा विकास गर्नुपर्ने सहभागी खेलकुद समर्थकहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *