> समाज > प्युठान जिल्लाको पर्यटकीय क्षेत्र समेटिएको साङ्गेतिक वृतचित्र प्रदर्शन


प्युठान जिल्लाको पर्यटकीय क्षेत्र समेटिएको साङ्गेतिक वृतचित्र प्रदर्शन

प्युठान । प्युठान जिल्लाको पर्यटकीय क्षेत्र समेटिएको साङ्गेतिक वृतचित्र प्युठानमा प्रदर्शन गरिएको छ । डा. राजन बिनायक पासाले निर्माण गर्नुभएको “प्युठान जिल्ला संगसंगै रम्दै घुमौला” सदरमुकाम खलंगा सहित पाँच स्थानमा प्रदर्शन गरिएको हो ।

 

 

करीब ३ वर्षको समय लगाएर वृतचित्र निर्माण गरिएको डा. पासाले बताउनुभयो । उहाँले प्युठानको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य सहित साङ्गेतिक वृत्तचित्र बनाएको जानकारी दिनुभयो । अब वृत्तचित्रको प्रचारप्रसारमा जोड दिएको उहाँको भनाई छ ।

 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुर्य थापा, प्रमुख जिल्ला अधिकारी मदन कोईराला, प्रहरी नायव उपरीक्षक इश्वर थापाले वृत्तचित्रले जिल्लाको सबै पर्यटकीय क्षेत्र समेटेको भन्दै डा. पासाको कामको प्रसंशा गर्नुभएको थियो । २० मिनेटको वृत्तचित्र ठुलाबेशी, मच्छी, बाहाने, पुन्यखोला र खलंगामा प्रदर्शन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *