प्यूठान, २२ मंसिर । प्यूठानमा घाँस काटने क्रममा रुखबाट लडेर सोमवार एक पुरुषको मृत्यु भएको छ ।
घर नजिकै पिपलको बोटमा घाँस खसाल्ने क्रममा के. एम. लडेर घाईते हुनुभएको प्यूठान नगरपालिका – १० बडहराका ३७ बर्षिय राजु के. एम. को उपचारका लागि जिल्ला अस्पताल विजुवार लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।
मृतकको शवलाई पोस्टमार्टम पछि आफन्तको जिम्मा लगाईने समेत उहाँले बताउनुभयो ।

Rip