प्युठान । सुआहारा (एकीकृत पोषण) कार्यक्रमको जिल्ला स्तरीय सिकाई आदानप्रदान कार्यशाला गोष्ठी सम्पन्न भएको छ । आज जिल्लाका सरोकारवालाबीच जिल्ला समन्वय समितिमा सुआहारा कार्यक्रमको सिकाई आदान प्रदान गरिएको हो ।
सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्य र पोषण सुधारका लागी संचालन भएको कार्यक्रम सकिन लागेको छ । सन २०१२ देखी २०१६ सम्म पहिलो चरण र सन २०१६ देखी २०२३ सम्म दोस्रो चरण संचालन भएको हो ।
कार्यक्रमले व्यबहार परिवर्तनका लागी भूमिका खेलेको भन्दै त्यसको सिकाईलाई स्थानीय सरकारले कार्यान्वयन गर्नुपर्ने सरोकारवालाले बताएका छन । परियोजना अबधिभर गतिबिधि हुने र कार्यक्रम सकिएपछि सकिने गरेको भन्दै त्यसमा सुधार ल्याउनुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रमको अवसरमा साझेदार संस्था मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्रलाई हेलन केलर इन्टरनेशनलले प्रसंशा पत्र प्रदान गरेको छ । त्यसैगरी जिल्ला समन्वय समिति प्युठानले हेलन केलर इन्टरनेशनललाई प्रसंशा पत्र प्रदान गरेको छ ।
जिल्ला समन्वय प्रमुख धरम बहादुर जि.सी.को अध्यक्षतामा भएको कार्यक्रममा समन्वय अधिकारी महेश के.सी.ले स्वागत र राजकुमार राउतले संचालन गर्नुभएको थियो ।