प्युठान । मल्लरानी गाउँपालिका -५ सरङकोट स्थित भुमि बिकास आधारभूत विद्यालयलाई समाजसेवी तिल बहादुर मल्लले १ लाख सहयोग गर्नुभएको छ । विद्यालयलाई माध्यमिक तह संचालन गर्न मल्लले आर्थिक सहयोग गर्नुभएको हो ।
विद्यालयमा हाल २ सय विद्यार्थी अध्यनरत रहेको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पवन पन्तले जानकारी दिनुभयो । माध्यमिक तह पढ्न झण्डै ४० जना विद्यार्थी सदरमुकाम खलंगा पुग्ने गरेको उहाँले बताउनुभयो । उनीहरुलाई विद्यालय पुग्न झण्डै २ घण्टा समय लाग्ने गर्दछ ।
यसैबीच, नौबहिनी गाउँपालिका-६ सिरुवारीको पुष्प प्राथमिक विद्यालयलाई भैलो समूहले सहयोग गरेको छ । माक्रे दर्शन युवा क्लबले भैलोबाट संकलन भएको २० हजार रुपियाँ विद्यालयलाई सहयोग गरेको वल बहादुर केसीले बताउनुभयो ।
