> राष्ट्रिय > संविधान दिवसको अवसरमा प्युठानका ३ जनाको कैद माफी मिनाहा


संविधान दिवसको अवसरमा प्युठानका ३ जनाको कैद माफी मिनाहा

प्युठान । सरकारले संविधान दिवसको अवसर पारेर ६७० जनाको कैद माफी मिनाहा गरेको छ ।

 

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको २९ भदौको सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी ६७० जनाको कैद माफी मिनाहा गर्नुभएको हो । ५० प्रतिशत कैद भुक्तान गरिसकेका र ज्येष्ठ नागरिकलाई कैद सजाय माफी मिनाहा दिएको हो ।

 

यसैबीच, प्युठान कारागारमा रहेका ३ जनाको कैद सजाय माफ भएको छ । जिल्ला कारागार प्युठानका प्रमुख सुर्य बहादुर पन्तका अनुसा कैद छुट हुनेमा २ जना पुरुष र १ जना महिला रहेका छन ।

एक सवारी ज्यान, एक बहुविवाह र एक ज्यानसम्बन्धी कसुर मुद्दाका कैदीले सजाय छुट पाएको पन्तले जानकारी दिनुभयो ।

 

सजाय माफी मिनाहा पाउनेमा भीमबहादुर खवाससहित ४९७ जना, हर्कबहादुर लिम्बुसमेत १७० जना र सहनदिन भन्ने समदिन मियासमेत ३ जना गरी ६७० जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *