प्युठान । नौबहिनि गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रम स्थगित भएको छ । मौसम प्रतिकुलका कारण भवन उद्घाटन गर्न प्रमुख अतिथि नेकपा (एमाले) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपि शर्मा ओलि प्युठान आउन नसक्ने भएपछि कार्यक्रम रोकिएको हो ।
गाउँपालिका अध्य दिल बहादुर थापाले प्रेस बिज्ञप्ती निकालेर मौसम अनुकुल भएपश्चात् उद्घाटन कार्यक्रम तय गरिने जानकारी दिनुभयो ।