> समाज > प्यूठानमा एकैदिनमा १९ जना कोरोना निको भए


प्यूठानमा एकैदिनमा १९ जना कोरोना निको भए

प्यूठान, १९ असार । प्यूठानमा थप १९ जना कोरोनाबाट मुक्त भएका छन् ।

विहिवार प्यूठान नगरपालिकाका १८ जना र ऐरावति गाउँपालिकाका १ जना गरि १९ जनाको दोस्रो पटक गरिएको पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्यूठानका स्वास्थ्य प्रमुख विशाल सुवेदिले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो पटक पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि आइसोलेसनमा राखिएको थियो । उनिहरुलाइ भोली विहान डिस्चार्ज गरिने पालिका स्रोतले जनाएको छ ।

यससँगै प्यूठानमा कोरोनाबाट मुक्त हुनेको संख्या ५४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *