> समाज > प्युठानमा करेन्ट लागेर एक जनाको मृत्यु


प्युठानमा करेन्ट लागेर एक जनाको मृत्यु

प्युठान । सिंचाईका लागि मोटर जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । प्युठान नगरपालिका वडा नं. ७ स्थित टिकुरीका ५८ वर्षीय कमल केसीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

 

घर नजिकैको कुलोबाट मोटर लगाएर करेसाबारीमा सिंचाई गर्ने क्रममा करेन्ट लागेको प्रहरी निरीक्षक सागर भुसालले जानकारी दिनुभयो । प्रहरीका अनुसार केसीलाई मोटर जडान गर्ने क्रममा दिउँसो २ बजे करेन्ट लागेको थियो । उहाँको उपचारको क्रममा जिल्ला अस्पताल विजुवारमा दिउँसो ३ बजे मृत्यु भएको प्रहरी निरीक्षक भुसालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *