प्यूठान, २० असार । प्यूठानमा टिप्पर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा नौबहिनी गाउँपालिका–६ का चालक ३० वर्षको रोसन थापा र सहचाल सोही ठाउँका ३५ वर्षका झग बहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ना ७ ख ८९३८ नम्वरको टिप्पर सरुमारानी गाउँपालिका–६ मोतिपुरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनुभयो ।
लुप्लुङबाट चुनढुंगा बोकेर कालाकाटे जाँदै गरेको टिप्पर आज विहान साढे ९ बजेको समयमा सडकबाट करिव पाँच सय मिटर तल खसेको उहाँले बताउनुभयो ।
