प्युठान । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कवि फुईयाँलले मानिसको जीवनमा जीवन वीमा अपरिहार्य भैसकेको बताउनुभएको छ । प्युठानमा ब्रान्च स्टार अवार्ड वितरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत फुइयाँलले नेपालमा वीमा शुरु हुँदा मरेपछि मात्र वीमाको रकम पाईन्छ भन्ने धारणा स्थापित भएको भन्दै उहाँले भन्नुभयो,‘५३/५४ वर्ष पहिले मरेपछि मात्र वीमा रकम पाइन्छ भन्ने धारणा थियो तर अहिले जीवित हुँदा नै लाभ पाउने योजना आएका छन् ।’
२०७४ सालमा स्थापना भएको आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी ४ अर्व र जगेडा कोष २ अर्व ७६ करोड रहेको सिईओ फुईयाँलले बताउनुभयो । १३ वटा जीवन वीमा योजना रहेको यस कम्पनीले ३ करोड नेपालीको जीवनलाई सहज रुपमा अघि बढाउने योजनाहरु ल्याएको उहाँको भनाई छ ।
छोटो समयमा राम्रो वृद्धिदर हासिल गरेको आईएमई लाइफ इन्स्योरेन्सले २१ वटा घातक रोगको उपचारलाई समेट्ने गरि वीमा योजना ल्याएको उहाँले जानकारी दिनुभयो । ‘वीमा योजनाको बारेमा अझै नागरिकलाई बुझाउन सकिएको छैन,’ उहाँले भन्नुभयो, ‘थुप्रै फाईदाजनक पोलिसीहरु छन् ।’
ब्रान्च स्टार अवार्ड वितरण
आईएमई लाईफ इन्स्योरेन्स कम्पनीको प्युठान शाखाले गत आर्थिक वर्षमा उत्कृष्ट कार्य गनेृ अभिकर्तालाई सम्मान गरेको छ । शाखाले ३ वटा विधामा उत्कृष्ट अभिकर्तालाई सम्मान गरेको हो ।
सेल्फ तर्फ प्रथम भुपेन्द्र श्रेष्ठ, द्धित्तिय प्रदिप कर्माचार्य र तृत्तिय सपना श्रेष्ठलाई सम्मान गरिएको छ । टिम तर्फ प्रथम भुपेन्द्र श्रेष्ठ, द्धित्तिय सपना श्रेष्ठ र तृत्तिय मुकुन्द प्रसाद पाण्डेलाई सम्मान गरिएको छ । एजेन्सी क्रियसनमा सिर्जना गुरुङ र धेरै पोलिसी बनाउनेमा भुपेन्द्र श्रेष्ठलाई सम्मान गरिएको हो ।
कम्पनीका लुम्बिनी र कर्णाली प्रदेश प्रमुख प्रेम प्रसाद तिमल्सिनाले विविध कारणले किस्ता तिर्न छुटेका र नसकेका विमितहरुको लागि ब्याज र जरिवना छुट भएको भन्दै उक्त सुविधाको फाइदा लिन आग्रह गर्नुभयो । त्यसैगरी आईएमई लाईफ इन्स्योरेन्सको मोवाईल एप्लिकेशन प्रयोग गरि बढी भन्दा बढी जानकारी हासिल गर्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा एजेन्सी म्यानेजर डिल्लीराज पराजुलीले स्वागत मन्तव्य राख्दै शुरुमा दाङमा पुगेर वीमा बनाउनुपर्ने अवस्था रहेकोमा धेरै मिहिनेत गरेर जिल्लामा शाखा स्थापना गरेको स्मरण गर्नुभयो । उहाँले अभिकर्तालाई वीमा सम्वन्धि तालिम, नयाँ पोलिसीबारे जानकारी दिन अत्यन्तै आवश्यक रहेको बताउनुभयो । ‘वीमा विना जीवन असम्भव जस्तै छ,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा कम्पनीका तालिम विभाग प्रमुख सुनिल आचार्यले कम्पनीको वीमा पोलिसीको बारेमा जानकारी गराउँदै विमितलाई नतर्साउन आग्रह गर्नुभयो । उहाँले वीमा सम्वन्धि शिक्षा अझै नपुगेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको सञ्चालन प्युठान शाखा प्रमुख तिर्थराज पोख्रेलले गर्नुभएको थियो ।
सम्मानित भएका व्यक्तिहरुकाे तस्विर :





