प्युठान । धार्मिक तथा पर्यटकि स्थल स्वर्गद्धारीमा आज गोवर्दन पहाडको पुजा गरिएको छ । प्रत्येक वर्ष स्वर्गद्वारी आश्रममा रहेको गोवर्दन पहाडमा पुजा गर्ने गरिन्छ ।
स्वर्गद्धारीमा रहेका गाईले धर्मावलम्वी तथा पर्यटकहरुका लागि आकर्षित गर्ने गरेको छ । आश्रममा सयौं गाई रहेका छन् । गाईलाई स्याहार सुसार गर्न कर्मचारी राखिएको छ ।
आश्रममा रहेका गाईलाई व्यवस्थित रुपमा राखिएको छ । आश्रम रहेका कतिपय पालेका र कतिपय गौदानबाट प्राप्त भएका गाईहरु हुन् ।
गाइको दुध घिउवाट आश्रमको दैनिक नित्य पुँजा गर्ने गरिन्छ । स्वर्गद्धारीमा वैशाखे पूर्णिमा, तिहारको औंशी, दशैको फुलपाती, माघे संक्रान्तिमा विशेष पुँजा तथा मेला लाग्ने गर्दछ । स्वर्गद्धारीमा नेपाललगायत भारतका विभिन्न जिल्लाबाट पर्यटकहरु आउने गर्दछन् ।
