प्यूठान, २९ बैशाख । सप्तरीमा एक युवकमा कोरोना संक्रमण पुष्टी भएको छ ।
यससँगै देशभर संक्रमितको संख्या एक सय २१ पुगेको छ । सप्तरी डाक्नेधोरी नगरपालिका–३ का १८ वर्षीय युवकलाई कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण देखिएको हो । युवकको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
