> राजनीति > प्रतिनिधि सभा सदस्यका लागि कांग्रेस प्यूठानबाट प्रत्यक्ष तर्फ तीन जनाको नाम सिफारिस


प्रतिनिधि सभा सदस्यका लागि कांग्रेस प्यूठानबाट प्रत्यक्ष तर्फ तीन जनाको नाम सिफारिस

प्यूठान । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस प्यूठानले उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ ।

 

प्रत्यक्ष तर्फ डा. गोबिन्दराज पोख्रेल, खिमानसिंह रायमाझी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको हो । समानुपातिक तर्फ देवीराम पुन र निसा योगीको नाम सिफारिस गरिएको जिल्ला सभापति बिष्णु कुमार गिरीले जानकारी दिनुभयो ।

 

राष्ट्रिय सभा सदस्यका लागि पनि उम्मेद्वार सिफारिस गरेको कांग्रेस प्यूठानले जनाएको छ । सिफारिस हुनेहरुमा दिवाकर गौतम, ईश्वर सिंह विष्ट, मुक्ती प्रसाद शर्मा, भगवता विष्ट, मान बहादुर ओलि,, तिलक कुमार वि.क., सनत श्रेष्ठ, खगेश्वर थापा र कमल पोख्रेल रहनुभएको छ ।