प्यूठान, २३ भाद्र । पछिल्लो अपडेट अनुसार देशभर ४८ हजार १३८ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९०२ जना संक्रमित थप भएका छन् ।
देशभर संक्रमित सङ्ख्या ४८ हजार १३८ पुगेको हो । जसमा सक्रिय संक्रमित १४ हजार ८६८ रहेका छन् ।
निको हुने दर ६८.५ प्रतिशत
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले निको हुन दर ६८.५ प्रतिशत पुगेको बताउनुभएको छ । उहाँका अनुसार हालसम्म ३२ हजार ९६४ जना कोभिड–१९ संक्रमित निको भएर घर फर्केका छन । पछिल्लो चौबीस घण्टामा २ हजार २८७ जना निको भएका छन् ।
मृत्यु हुने ३०६ जना
पछिल्लो चौबीस घण्टामा ६ जनाको मृत्यु भएको छ । योसँगै कुल ३०६ जना व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
