> समाज > स्थानीय कला संस्कृतीको जगेर्ना गर्न मेला लाग्दै


स्थानीय कला संस्कृतीको जगेर्ना गर्न मेला लाग्दै

प्युठान । प्युठान जिल्लाको झिमरुक गाउँपालिकाको चिसावाङमा दशैको द्वादशीको अवसर पारेर सराए नाच तथा विविध सास्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ ।

 

फुलबारि द्बादशि मेला तथा बृहत सांकृतिक कार्यक्रम आयोजक समितिको आयोजनामा स्थानीय कला संस्कृतीको जगेर्ना गर्ने उदेश्यले परम्परागत सराए नाच तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

 

 

द्वादशी मेला कार्यक्रमको सबै तयारी पूरा गरिएको आयोजकले बताएको छ । “स्थानीय कला संस्कूतीको जगेर्ना गरौ परम्परागत दसै द्वादशी मेला सफल पारौ” भन्ने नाराका साथ कार्यक्रम गर्न लागिएको हो ।

 

 

दशै बिशेष द्वादशी मेला कार्यक्रम २०८० मा गाउँबस्तीमा रहेका २ जना अति जेष्ठ नागरिकलाई सम्मान समेत गरिने मेला आयोजक समितीका अध्यक्ष गोपाल केसीले जानकारी दिनुभयो ।

दशै विशेष कार्यक्रमको लागि हामीसंग आर्थिक स्रोत छैन तर गाउँपालिका, व्यावसायि, स्थानीय बजार तथा गाउँबासी, शुभचिन्तकहरु संग हातेमालो गरेर आर्थिक ब्यबस्थापन गरि कार्यक्रम संचालन गर्ने योजना रहेको बिनोद पोख्रेलले जानकारी दिनुभयो ।

 

 

स्थानीय कला, सस्कृतिको जगेर्ना, प्रबर्द्धन तथा प्रचारप्रसार, सामुहिक एकता, सामाजिक भावना कायम र बिस्तारमा कार्यक्रमले थप योगदान दिने आयोजकले जनाएको छ ।
फुलबारि द्बादशि मेला तथा बृहत सांकृतिक कार्यक्रम बेगम नेपाली भटभटे माइलो, जमुना पुन मगर, मुना केसी, ऋषि खड्का, मोहन नेपाली, निरु मगर लगाए स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *