> राष्ट्रिय > आन्दोलनरत निर्माण ब्यबसायीलाई प्रहरीले नियन्त्रणमा लियो


आन्दोलनरत निर्माण ब्यबसायीलाई प्रहरीले नियन्त्रणमा लियो

काठमाडौं । दर्जनौं निर्माण व्यवसायी आइतबार गिरफ्तार भएका छन् । सिँचाइ विभागमा धर्ना दिन पुगेका व्यवसायी गिरफ्तारमा परेका हुन् ।

 

तेस्रो चरणको विरोध कार्यक्रमअन्तर्गत सिँचाई र सडक विभागमा धर्ना दिन पुगेका व्यवसायीलाई प्रहरीले गिरफ्तार गरेको निर्माण ब्यबसायी संघ प्युठानका अध्यक्ष नबिन कुमार श्रेष्ठले जानकारी दिनुभयो । ब्यबसायीलाई ललितपुरको जावलाखेल परिसरमा राखिएको उहाँले बताउनुभयो ।

 

नेपाल निर्माण व्यवसायी महासंघ चरणबद्ध आन्दोलनमा छ । व्यवसायीको आन्दोलन आज आइतबारबाट तेस्रो चरणमा प्रवेश गरेको छ । भुक्तानी समस्या, मूल्य समायोजन र म्याद थपलगायतका ९ बुँदे मागसहित व्यवसायी दुई सातादेखि आन्दोलनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *