> राष्ट्रिय > सुनसान बन्न थाले सडक र बजार


सुनसान बन्न थाले सडक र बजार

प्यूठान, ११ चैत ।
सरकारले लक डाउनको घोषणा गरपछी जिल्लाका बजार तथा सडक सुनसान बन्न थालेको छ । मंगलबार विहान ६ बजेदेखि एक हप्ताका लागि देशभरका नागरिकलाई घर बाहिर ननिस्कन आग्रह गरेसँगै बजार र सडक क्षेत्र सुनसान देखिन थालेका छन् ।
नीजि तथा सार्वजनिक यातायात, बजार, कलकारखाना, कार्यालय बन्द गरिएको छ । जिल्लामा फाटफुट मात्रामा सवारी चलेको देखिन्छ भने केहि व्यक्ति पैदल हिडेका छन् । सरकारले कोरोना संक्रमणबाट बच्नका लागि घर भित्रै रहन आग्रह गरेको छ । सरकारको निर्णयको सर्वत्र रुपमा स्विकार गरिएको छ ।

हेर्नुस तस्विरमा :

 

 

जुम्री बजारको दृश्य । फोटो : चन्द्रमान श्रेष्ठ
बाग्दुला बजारको दृश्य फोटो : सञ्जय रिजाल
सदरमुकाम खलंगाको दृश्य फोटो : टु आर क्षेत्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *