> राजनीति > नेपाली कांग्रेस अर्घाखाँचीका प्रवक्ता गौतम एमालेमा


नेपाली कांग्रेस अर्घाखाँचीका प्रवक्ता गौतम एमालेमा

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका प्रवक्ता लक्ष्मी गौतम नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । गौतमले एक प्रेस वक्तव्य जारी गर्दै एमाले प्रवेश गरेको बताउनुभएको हो ।

 

उहाँले सु-शासन , बिकास र समृद्दि नेकपा एमाले बाट मात्रै संभव भएको भन्दै एमालेमा समाहित भएको घोषणा गर्नुभयो ।
अघिल्लो स्थानीय निर्वाचनमा नेकपा एमाले बाट पाणिनि गाउँ पालिकाको उपाध्यक्ष निर्वाचित गौतम २०७८ पौष-१९ गते नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको थियो । गौतमलाई कांग्रेसले गत स्थानीय तहको निर्वाचनमा पाणिनि गाउँ पालिकाको उपाध्यक्षको उमेदवार बनाएको थियो । अघिल्लो चुनावमा एक्लै जितेकी गौतम थोरै मतले पराजित हुनुभयो ।

 

 

नेपाली कांग्रेसमा राम्रो पकड बनाउन सफल गौतमलाई नेपाली कांग्रेसले जिल्ला प्रवक्ताको जिम्मेवारी दिएको थियो । उहाँ नेकपा एमालेका दिवंगत नेता गणेश गौतमकी श्रीमती हुनुहुन्छ । गणेश गौतमको अर्घाखाँची जिल्लाको पार्टी निर्माणमा ठुलो योगदान रहेको छ । एमालेमा राम्रो भविष्य रहेकी गौतले पार्टी छोड्दा जिल्लाका एमाले कार्यकर्ता निक्कै दु:खी बनेका थिए ।

 

 

पाणिनि गाउँपालिकाका जनताको बीचमा निक्कै लोक गौतम अर्घाखाँची जिल्लाकी जुझारु महिला नेतृ हुनुहुन्छ । गौतम यस अघि पालिका महासंघको केन्द्रिय सदस्य समेत बन्नु भएको थियो । गौतमको पुन:एमाले प्रवेशलाई एमालेमा अर्थपुर्ण रुपमा लिईएको छ ।

 

गौतमको पार्टी प्रवेश पछि नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले एमालेले पार्टी प्रवेश कार्यक्रमलाई अभियानकै रुपमा लैजाने वताउनुभयो । उहाँले नेकपा एमाले बाट मात्रै वर्गिय मुक्ति संभव भएको भन्दै बिभिन्न पार्टीका नेता तथा कार्यकर्ता एमाले प्रेवेशको तयारीमा रहेको समेत खुलासा गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *