> राष्ट्रिय > आज कोरोना नयाँ संक्रमति ३३१ : महिला ४९, पुरुष २८२


आज कोरोना नयाँ संक्रमति ३३१ : महिला ४९, पुरुष २८२

प्यूठान, ६ असार । पछिल्लो २४ घण्टामा देशभर तीन सय ३१ जना नयाँ कोरोना संक्रमित पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको प्रेस ब्रिफिङ अनुसार महिला ४९ र पुरुष २८२ जना नयाँ संक्रमित भेटिएका हुन ।

पछिल्लो संक्रमित सहित देशभर संक्रमतिको संख्या आठ हजार ६ सय पाँच पुगेको छ । जसमध्ये महिला सात सय ५६ र पुरुष सात हजार आठ सय ४९ रहेका छन् ।

हालसम्म संक्रमित भेटिएकाहरुमध्ये एक हजार पाँच सय ७८ जना निको भएर घर फकिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्र गौतमले बताउनुभयो । निको भएर फर्किनेमा महिला एक सय ४९ र पुरुष एक हजार चार सय ३७ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *