> Banner > प्यूठानमा थप २८ जनामा कोरोना संक्रमण


प्यूठानमा थप २८ जनामा कोरोना संक्रमण

प्यूठान, ३२ साउन  । प्यूठानमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा प्यूठान सरुमारानी गाउँपालिकाका १७ जना र स्वर्गद्वारी नगरपालिकाका ११ जना गरि २८ जनामा कोरोना संक्रमण पुष्टि भएका जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । संक्रमित १ देखि ६४ वर्षसम्मका ७ जना महिला र २१ जना पुरुष रहेका छन् ।

यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या ४०५ पुगेको छ र हाल जिल्लामा सक्रृय संक्रमित ६८ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *