प्यूठान, ९ जेठ । प्यूठानमा घर भत्किँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । नौबहिनी गाऊँपालिका वडा नं. १ स्याउलिवाङमा गएराति घर भत्किँदा तीन जनाको मृत्यु भएको प्यूठान प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा ४० वर्षिय बोमबहादुर मल्ल, उनको श्रीमति ३३ वर्षिय गमि र ३ वर्षिय छोरा शिशिरकाे मृत्यु भएको प्रहरी नायव उपरिक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।
घर मर्मतको काम भैरहेको थियो । खरको छाना हटाएर टिन लगाउन तयार पारिएको घर राति एक्कासी भत्किएको हो ।
मृतकको पोष्टमार्टमका लागि जिल्ला अस्पताल विजुवार ल्याईँदै छ ।
