प्यूठान, १२ पुस । झिमरुक गाउँपालिकाको बजार क्षेत्रमा आज बजार अनुगमन भएको छ ।
झिमरुक गाउँपालिकावडा नम्वर ५ स्थित मच्छी र ढाँड बजारमा बजार अनुगमन भएको हो ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, घरेलु तथा साना उद्योग समिति, जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, झिमरुक गाउँपालिका र उद्योग वाणिज्य संघको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।
बजार अनुगमनको क्रममा म्याद गुज्रिएको र लेवल नलगाएको सामाग्री जफत गरि नष्ट गरिएको मन्त्रालयका अधिकृत बालकृष्ण गैरेले बताउनुभयो । म्याद गुज्रिएका ४ पोका चाउमिन, ४ पोका तेल, १९ पिस जुस नष्ट गरिएको छ । विभिन्न प्रकृतिका २३ वटा पसल अनुगमन गरिएको उहाँले जानकारी दिनुभयो ।

चाडपर्व लक्षित मात्र अनुगमन हुने गुनासो बढेपछि मन्त्रालयले वार्षिक कार्यक्रम नै बनाएर अनुगमनको अभियान चलाएको उहाँले जानकारी दिनुभयो ।
