> आर्थिक/बिकास > एकै दिन ६ स्थानमा विजय फूलबारीको साधारण सभा


एकै दिन ६ स्थानमा विजय फूलबारीको साधारण सभा

प्युठान । विजय फूलबारी बचत तथा ऋण सहकारी संस्थाको दोस्रो साधारणसभा एकै दिन ६ स्थानमा सम्पन्न भएको छ । फूलबारी बचत तथा ऋण सहकारी संस्था र बिजयलक्ष्मी महिला बहुउदेश्यीय सहकारी संस्था एकीकरण पश्चात दोस्रो साधारण सभा सम्पन्न भएको हो ।

दुई सहकारी मर्ज भएपछि सहकारीको कार्य क्षेत्र प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका, माण्डवी गाउँपालिका, सरुमारानी गाउँपालिका, ऐरावती गाउँपालिका, मल्लरानी गाउँपालिका र झिमरुक गाउँपालिकामा विस्तार भएको छ ।

सहकारीमा ५ हजार २३६ शेयर सदस्य पुगेको प्रगति प्रतिवेदनमा उल्लेख छ । जसमा महिला ३ हजार ५७६ जना र पुरुष १ हजार ६४८ जना र संस्थागत १२ वटा रहेको छ । सहकारीको शेयर पुँजी २ करोड २ लाख ८ हजार ८ सय, बचत १८ करोड ६२ लाख ७४ हजार १८७ र ऋण लगानी १५ करोड ५५ लाख ८ हजार ७६१ रहेको छ ।

                                                            खलंगा इकाईमा सहभागी शेयर सदस्य

जगेडा कोषमा १ करोड ८० लाख ८ हजार ४०६ रहेको छ भने कुल सम्पत्ति २३ करोड ६१ लाख १३ हजार ६०३ रहेको छ ।
सहकारीले राहत तथा घाट खर्च कोष सेवा, सुत्केरी भेटघाट कार्यक्रम, रेमिट्यान्स सेवा, सदस्य वीमा कार्यक्रम, औषधि उपचार सहुलियत कार्यक्रम, लघु वित्त कार्यक्रम लगायतका सेवा प्रवाह गर्दै आएको छ ।

प्युठान उद्योग वाणिज्य संघको सभाहलमा भएको खलंगा इकाईको साधारण सभामा सहकारीका अध्यक्ष नेत्रमणी आचार्यको अध्यक्षता रहेको थियो । प्रगति प्रतिवेदन शेयर सदस्य विजयसिंह भारती र आर्थिक प्रतिवेदन शिक्षा उपसमिति सदस्य रविन्द्र पाण्डेले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सञ्चालक समिति सदस्य प्रभात श्रेष्ठले गनुभएको थियो । खलंगासँगै रातामाटा, सापडाँडा, खैरा, धुवाङ र जस्पुरमा साधारण सभा गरिएको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *