प्यूठान । स्वर्गद्धारी दर्शन गरी फर्किएको कार दुर्घटनामा ८ जनाको ज्यान गएको छ । सोमबार दिउँसो स्वर्गद्वारी भिंगृ सडक खण्डमा लु १ च ६३४५ नम्वरको जीप दुर्घटनामा कारमा सवार सवै जनाको घटनास्थलमा मृत्यु भएको हो ।
प्रहरीले घटनामा परेका व्यक्तिहरुको पहिचान हुन नसकेको जनाएको छ । चालक लमही नगरपालिका ४ का तारा बहादुर कुमाल भएकाे बताइएकाे छ । कार सडकको माथिल्लो घुम्टीबाट पल्टिएर तल्लो घुम्टीमा पुगेको थियो । उनीहरु सवै कारमा चापिएका थिए । स्काभेटरको मद्धतले उद्धार गरिएको थियो । मृतकको शव जिल्ला अस्पताल विजुवार ल्याइएको छ ।
