> समाज > प्यूठानका चार वटा पालिकामा १५ शैयाको अस्पताल बन्दै


प्यूठानका चार वटा पालिकामा १५ शैयाको अस्पताल बन्दै

प्यूठान, २३ असोज । जिल्लाका चार वटा पालिकामा १५ शैयाको अस्पताल बन्ने भएको छ ।

यसअघि १५ शैयाको अस्पताल स्विकृत भइसकेका स्वास्थ्य संस्था स्तरोन्नतीका लागि संघीय सरकारले बजेट उपलब्ध गराएपछि अस्पताल बन्ने भएको हो ।

१५ शैयाको अस्पतालमा स्तरोन्नती हुन लागेका चार वटा स्वास्थ्य संस्थाका लागि चालु आर्थिक वर्षको बजेटबाट रकम प्राप्त भइसेकेको स्थानीय तहले जनाएका छन् । गाउँपालिकामा बजेट प्राप्त भइसकेको र भवन निर्माणको प्रक्रिया अगाडी बढ्ने नौबहिनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले जानकारी दिनुभयो ।

अस्पतालको भवन निर्माणका लागि यसअघि नै जग्गा माग गरिएको बताउँदै उहाँले जग्गा पास भइनसेकोले अव प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो । कात्तिक मसान्तभित्र काम शुरु गुर्नपर्ने भएकाले त्यस अनुसार काम अघि बढ्ने उहाँले बताउनुभयो ।

जिल्लाको माण्डवी गाउँपालिकाको देविस्थान, ऐरावती गाउँपालिकाको बरौला, नौबहिनी गाउँपालिकाको लुङ र गौमुखी गाउँपालिकाको पुँजा स्वास्थ्य चौकी १५ शैयामा विस्तार हुन लागेको हुन् । अस्पतालको भवन निर्माणको लागि छनौट भएका पालिकामा एक करोड रुपियाँको दरले बजेट स्थानीय तहमा पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *