प्युठान । सरूमारानी गाउँपालिका ३ नम्बर वडामा निर्माण भएको हंसपुर बृहत लिफ्त खानेपानी संचालनमा आएको छ । उक्त खानेपानी याेजनाबाट ३ सय ४२ घरधुरी लाभान्वित भएका छन ।
कुल ४ कराेड ४३ लाखमा साे याेजना सम्पन्न भएको गाउँपालिकाका प्रबक्ता चिन्त सोमै मगरले बताउनुभयो । प्रत्येक घरमा १ घर १ धारा जडान गरिएको उहाँले जानकारी दिनुभयो ।
खानेपानी योजनाको शनिबार लुम्बिनी प्रदेश सदस्य तुल्सिराम शर्माले उद्घाटन गर्नुभएको थियो ।
