प्यूठान । सरुमारानी गाउँपालिका–३ हंसपुरमा भएको गठबन्धन र नेकपा एमालेको झडपको विषयमा दुवै पक्षले एक–अर्कालाई आरोप लगाएका छन् । हिजो दिउँसो हंसपुरको गाह चौपारीमा दुवै पक्षबीच झडप भएको थियो ।
वडा अध्यक्षका उम्मेदवार हिमालय रिजाल दुमैमा प्रचार गर्न गएको थाहा पाएपछि एमालेका अध्यक्षका उम्मेदवार झग बहादुर विश्वकर्मा सहितको टोलीले गाह चौपारी पुगेका थिए । उनीहरुलाई गठबन्धनका कार्यकर्ताले घेरा हालेर आक्रमण गरेको एमालेले जनाएको छ ।’
आक्रमणबाट नेकपा एमालेका टेकेन्द्र मर्साङ्गी, गुमानसिंह लम्टरी र शंकर विक घाईते हुनुभएको छ । झडपमा गठबन्धनका रमेश राना घाईते हुनुभएको छ । घाईतेहरुको टाउकोमा चोट लागेको छ । दुवै पक्षले विज्ञप्ती जारी गरेर एक अर्कालाई आरोप लगाएका छन् ।